ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ डोल्पा पुगेका छन्। बिहीबार जिल्लाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका कार्यालय तथा आवास भवन र आयोजना पहुँचमार्गमा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गर्न मन्त्री श्रेष्ठ डोल्पा पुगेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्न डोल्पा पुगेका मन्त्री श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासको आधार बन्ने बताए ।

उनले यो जलविद्युत आयोजनाले स्थानीय उत्पादनले सहज बजार पाउने, रोजगारीका अवसर सिर्जना हुने तथा मुड् केचुलाका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कर्णाली प्रदेशको डोल्पा जस्तो दुर्गम ठाउँमा सञ्चालन भइरहेको यो आयोजना विकासको नयाँ ढोका भएको उल्लेख गर्दै उनले यसले डोल्पालाई मात्र नभई सिंगो कर्णालीलाई ऊर्जा क्षेत्रमा दिगो र आत्मनिर्भर बनाउन टेवा पुग्ने धारणा राखे।

मन्त्री श्रेष्ठले वर्तमान सरकारले डोल्पालगायत कर्णालीका विकास आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै देश विकासका लागि सबै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। ‘देशको विकासका लागि सबै एक ठाउँमा उभिएर काम गर्न सके मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ,’ उनले भने।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जगदुल्ला आयोजना कर्णाली प्रदेशकै महत्वपूर्ण आयोजना मात्र नभई नेपालकै रणनीतिक महत्व बोकेको परियोजना भएको बताइन्। आयोजनालाई निर्धारित चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको जानकारी दिँदै उनले आयोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना समेत व्यक्त गरिन्।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना सम्पन्न भएपछि कर्णालीको ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान पुग्ने आयोजनाका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए ।

उनले जगदुल्ला जलविद्युत आयोजनाले स्थानीय आर्थिक गतिविधि विस्तार, पूर्वाधार विकास र रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए ।

कैलाश हेलिकप्टरबाट डोल्पा पुगेका मन्त्री श्रेष्ठले मुड्केचुला-०४ ईलस्थित आयोजनाको कार्यालय, आवास भवनको उद्घाटन र सुरुङमार्गको ब्लास्टिङ कार्यको शुभारम्भसँगै जगदुल्ला-०२ मा निर्माण गरिएको कार्यालय भवन र आयोजना पहुँच मार्गभित्रका बेलिब्रीजको उद्घाटनसँगै अवलोकन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP