ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाको विभिन्न क्षेत्रमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले जिल्लाका विभिन्न सार्वजनिक स्थानमा उम्रिएका लागुऔषध गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।

प्रहरीले असार ११ गतेदेखि १६ गतेसम्म इलाका प्रहरी कार्यालय काईगाउँ, प्रहरी चौकी त्रिपुराकोट तथा अस्थायी प्रहरी पोस्ट हुरिकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब १० रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय काईगाउँ र अस्थायी प्रहरी पोस्ट हुरिकोटबाट खटिएको टोलीले जगदुल्ला गाउँपालिका-०१ अन्तर्गत हुरिकोट क्षेत्रका सार्वजनिक स्थानमा करिब ३ रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको हो ।

त्यस्तै प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले त्रिपुरासुन्दरी नगरपालिका-०१ र ०२ अन्तर्गत त्रिपुराकोट बजार, रल्ली, मदु लगायतका सार्वजनिक स्थानमा करिब ७ रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।

डोल्पामा प्रहरीले लागुऔषध नियन्त्रण तथा अवैध गाँजा खेती उन्मूलन अभियानलाई निरन्तरता दिँदै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP