ताजा
जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||    डोल्पाको सुलिगाड खोलामा भेटिएको शव २४ घण्टापछि उद्धार, पहिचान खुल्यो  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको मोटरसाइकल दुर्घटना परी घाइते भएका एकजनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

जिल्लाको ठूली भेरी नगरपालिका-०६ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका थिए । घाइते भएका दुई मध्य जुम्ला स्थायी घर भई सदरमुकाम दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विकलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारको प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार घाइते भएका अर्का त्रिपुरासुन्दरी- ०१ रल्ली गाउँका अन्दाजी २८ वर्षीय गोपाल नेपालीको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।

सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोट तर्फ जाँदै गरेको बा ५४ प ६६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनापछि प्रहरी चौकी त्रिपुराकोट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी जिल्ला अस्पताल डोल्पामा उपचारका लागि पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि जिल्लामा उपचार सम्भव नभएपछि चालक विकलाई सुर्खेत पठाइएको र त्यहाँ सम्भव नभए काठमाण्डौं लैजाने तयारी रहेको प्रहरी बताएको छ ।

प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP