मुगु । मुगुमा जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी सदस्य सिद्धा देवि बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको हो ।
आज मङ्गलबार बसेको भेलाले अध्यक्षमा सिद्दा देवि बुढासहित ११ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा ससिता धामी, सचिवमा बसन्ती शाही, र कोषाध्यक्षमा उर्बसी बुढा चयन भएकी छन्। त्यसैगरी सदस्यहरूमा निलम बुढा, पेमा लाम, भरोसा धामी, साम्तेन साङ्मु लामा , समिक्षा मल्ल ,र करुणा बुढा रहेकी छन्। जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको थियो ।


नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











