ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई सदरमुकाम दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विक र पछाडि सवार ठूली भेरी नगरपालिका-०९ मोतिपुर निवासी २८ वर्षीय गोपाल नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

उनका अनुसार प्रहरीले दुवै घाइतेको उद्धार गरी जिल्ला अस्पताल दुनैमा उपचारका लागि पठाएको थियो ।
हाल घाइते दुवै जनाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP