पूर्ण सार्की/सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का कार्यवाहक सभापति डिपि अर्याल सहित शीर्ष नेतृत्वहरु शुक्रबार सुर्खेत आउने भएका छन्।
कर्णाली प्रदेशमा शुक्रबार (भोलि) हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न पार्टीका कार्यवाहक सभापति अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक सांसद बिनिता कठायत लगाएतका शीर्ष नेतृत्वहरु शुक्रबार सुर्खेत आउन लागेको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले जानकारी दिए।



सभापति खड्काले भोलि वीरेन्द्रनगरको दैलेख रोडचोक स्थित अशोका होटलमा हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको समेत जानकारी दिए।
उनले भोलि हुने प्रशिक्षणमा कर्णालीका स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब ३०० जना सहभागी हुने जानकारी दिए । भोलि हुने प्रशिक्षणमार्फत कर्णालीका सबै पालिकामा सङ्गठन विस्तार गर्ने, पार्टी बलियो बनाउने कार्यक्रम जनतासम्म पु¥याउने लक्ष्य राखिएको छ ।
रास्वपाले कर्णालीमा हुने प्रशिक्षण कार्यक्रमलाई आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित रहेको समेत जानकारी दिएको छ ।
यो पनि पढ्नु होस्:
रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार वीरेन्द्रनगरमा हुने











