ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

कालिकोट । कालिकोटका युवा रोशन सञ्ज्यालले संघर्ष, मेहनत र आत्मविश्वासका माध्यमबाट आफ्नो जीवनलाई प्रेरणादायी यात्रामा रूपान्तरण गर्दै आएका छन्। सामान्य परिवारमा जन्मिएका सञ्ज्याल अहिले शिक्षा, नेतृत्व तथा समाजसेवाका क्षेत्रमा सक्रिय युवा अभियन्ताका रूपमा परिचित बन्दै गएका छन्।

वि.सं. २०६९ साल जेठ २३ गते कालिकोटमा जन्मिएका रोशन हाल कक्षा १० मा अध्ययनरत छन्। सानै उमेरदेखि विभिन्न चुनौती र कठिनाइहरू सामना गर्दै आएका उनले निरन्तर मेहनत र लगनशीलताका कारण शैक्षिक तथा नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन् ।

उनको प्रारम्भिक शिक्षा कैलालीको टिकापुरस्थित एक मोन्टेसरी विद्यालयबाट सुरु भएको थियो। कोरोना महामारीपछि उनी पुनः आफ्नो जन्मभूमि कालिकोट फर्किएर पञ्चदेवल माध्यमिक विद्यालयमा अध्ययन गर्न थाले। अध्ययनका क्रममा उनले कक्षा ५ र कक्षा ८ मा प्रथम स्थान हासिल गरी आफ्नो प्रतिभा प्रमाणित गरीसकेका छन्।

शिक्षासँगै नेतृत्व विकासमा पनि रुचि राख्ने रोशनले किडार्क नेपालद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत नेतृत्व यात्राको सुरुवात गरेका थिए।

सो अवसरमा उनले कर्णाली प्रदेश बाल भेलामा कालिकोट जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए। सानै उमेरदेखि परिवर्तन कारी हुटहुटी स्वाभावका रोशन शिक्षा, नेतृत्व र समाजसेवामार्फत देश र समाजका लागि सकारात्मक योगदान पुर्‍याउने उनको मुख्य लक्ष्य रहेको छ। युवाहरूलाई सकारात्मक बाटोमा अघि बढाउने, समाजमा परिवर्तन ल्याउने तथा देशप्रति जिम्मेवार नागरिक बन्ने उनको सपना छ।

‘सपना देख्नु ठूलो कुरा होइन, त्यसलाई पूरा गर्न निरन्तर संघर्ष र मेहनत गर्नु नै वास्तविक सफलता हो’ उनले भने ।

संघर्षलाई साथी र सफलतालाई गन्तव्य बनाएका रोशनको यात्रा उनी जस्तै धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP