ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका-०३ साल्दाङ क्षेत्रमा शुक्रबार राति गस्तीमा खटिएको बेला ढुङ्गामा चिप्लिएर लड्दा दाहिने खुट्टाको घुँडामुनि चोट लागेर घाइते भएका प्रहरी जवान ललित सुनारलाई उद्दार गरी थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल राज गिरीले जानकरी दिए ।

उनका अनुसार घाइते प्रहरी जवान सुनारलाई घटनापछि तत्काल प्रारम्भिक उपचार पछि नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको समन्वय र आवश्यक सहयोगमा असार १३ गते बुधबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको हो।

प्रहरीका अनुसार घाइते प्रहरी जवानको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP