ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ छेप्का क्षेत्रस्थित सुलीगाड खोलामा बेवारिसे अवस्थामा भेटिएको शव २४ घण्टापछि उद्धार गरिएको छ।

आइतबार बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

तर शव खोलाको गहिरो खोल्साभित्र अड्किएको, भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव बढेकाले आइतबार दिनभर प्रयास गर्दा पनि उद्धार हुन सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरी शव सुरक्षित रूपमा निकालिएको हो।

प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘आइतबार दिनभर प्रयास गर्दा पनि शव निकाल्न सफल हुन सकेनौं। शव खोलाको गहिरो खोल्साभित्र अड्किएको र खोलाको बहाव तीव्र भएकाले उद्धार निकै चुनौतीपूर्ण थियो। सोमबार सशस्त्र प्रहरी बलको टोली सहित प्रहरीले उच्च जोखिम मोलेर शव बाहिर निकालेको हो।’

प्रहरीका अनुसार शव सुर्खेतको बराहताल गाउँपालिका-०६ स्थायी घर भई हाल शे-फोक्सुण्डो गाउँपालिका-०८ रिग्मोमा कामका सिलसिलामा बस्दै आएका ३८ वर्षीय विष्णु विक भनेर चिनिने मंगले कामीको भएको पुष्टि भएको छ ।

उनी गत असार ६ गते रिग्मो गाउँबाट बेपत्ता भएका थिए। सोमबार उद्धार गरिएको शव उनकी पत्नीले सनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकोजनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP